पोखरा फाइनान्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

0
Shares

पोखरा फाइनान्स लिमिटेड (PFL) को सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

फाइनान्स कम्पनी सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्टार नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकको निर्णयसँग अब पोखरा फाइनान्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाण्डौं मार्फत हुने फाइनान्सले जानकारी दिएको छ ।

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहिबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।