करोडौंको काजु र बदाम आयात,सम्भावना भएपनि सुख्खा जमिनमा खेती गर्न सकिएन

0
Shares

सोधपुछ गर्ने हो भने काजु र बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामको उत्पादनमा ठोस पहल भएको पाइँदैन ।

उच्च वर्गले धेरैजसो, मध्यम वर्गीय परिवारले कम र निम्न वर्गले कहिलेकाहीँ काजु र बदामलाई सुख्खा फलपूmलका रुपमा खाने गरेको पाइन्छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय स्रोत भन्छ, “धान, मकै र गहुँको उत्पादन नै पु¥याउन नसकिएका बेला कता काजु र बदामको उत्पादनमा चासो देखाउने ।” मन्त्रालयका अधिकारीको जवाफ नेपालको संविधानसँग जोडिएको छ । संविधानले खाद्यान्नको सुनिश्चिता प्रदान गरेको छ । भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने आफ्नो उत्पादनले नपुगेका कारण वार्षिक झण्डै दुई अर्बको चामल आयात भएको देखिन्छ ।

अंग्रेजीमा बदामलाई ‘आलमण्ड’ भनिन्छ । नेपालीले आलमण्डलाई बदाम र हाडे बदामको नामले चिन्दछन् । बदाम मध्यम खालको रुखमा फल्ने फल हो । यो आरु, आरुबखडा, खुर्पानीजस्ता प्रजातिको रुखमा पर्दछ ।

कृषि विभागका अनुसार नेपालमा बदाम खेतीका लागि प्रचुर सम्भावना भए पनि यसको व्यावसायिक खेती हुन सकेको छैन । खेर गइरहेको सुख्खा जमिन जहाँ आरु र आरुबखडाको खेती हुन्छ त्यहाँ बदामको पनि सजिलै खेती गर्न सकिन्छ । त्यसैगरी काजु पनि तराईको उष्ण प्रदेशीय क्षेत्र जस्तै धनुषा, सिरहा, सप्तरीलगायत अन्य केही जिल्लामा खेती गर्न सकिने सम्भावना छ ।

नेपाली बजारमा काजु प्रतिकेजी दुई हजार दुई सयदेखि दुई हजार पाँच सयसम्म र बदाम दुईहजार आठसयदेखि तीन हजार सम्ममा खरिद गर्न सकिन्छ । जनताको क्रयशक्तिमा केही वृद्धि भएकाले काजु र बदामको आयात बढेको अनुमान लगाउन सकिन्छ ।

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र बदाम आयात भएको छ । विभिन्न जातका काजु ६१ करोड ८४ लाख ३३ हजार र ५५ करोड ९५ लाख २१ हजारको बदाम आयात भएका हुन् ।

भन्सार विभागले प्रकाशित गरेको आव २०७८/७९ को चार महिना ९कात्तिक मसान्तसम्म० को तथ्याङ्कमा नेपालीका महान् चाड विजया दशमी र तिहारलाई लक्ष गरी व्यापारीले काजु छ देश र बदाम तीन देशबाट आयात गर्दै आएका छन् ।

काजु भारत, चीन, मोजाम्बिक, नाइजेरिया, सिङ्गापुर, भियतनाम तथा बदाम भारत, अमेरिका र अफगानस्तानबाट आयात हुँदै आएको छ । सबैभन्दा धेरै काजु आयात हुने देशमा भारत पर्छ । त्यहाँबाट चालू आर्थिक वर्षको चार महिनामा ३६ करोड ५० लाख १३ हजार खर्चेर चार लाख १७ हजार ४८४ केजी काजु आयात भएको देखिन्छ ।

दोस्रो काजु आयात हुने देशमा भियतनाम पर्छ । त्यहाँबाट सोही अवधिमा १४ करोड ५३ लाख, ६६ हजार खर्चेर एक लाख ८३ हजार ५५४ केजी काजु खरिद गरिएको छ । धेरै काजु आयात हुने तेस्रो देशमा मोजाम्बिक पर्छ । त्यस मुलुकबाट पनि सात करोड तीन लाख ९७ हजार खर्चेर ८९ हजार ९०० केजी काजु खरिद गरिएको छ । यस्तै नाइजेरीयाबाट तीन करोड ५१ लाख ८४ हजारमा ४५ हजार ४५२ केजी र सिङ्गापुरबाट नौ लाख चार हजारमा एक हजारमा १३४ केजी काजु आयात भएको छ ।

सबैभन्दा धेरै बदाम अमेरिकाबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको चार महिनामा त्यहाँबाट ५५ करोड ७६ लाख २९ हजारमा ९ लाख ९ हजार ५६० केजी बदाम आयात भएको छ । भारतबाट १५ लाख ६८ हजारमा एक हजार ६३२ केजी र अफगानिस्तानबाट तीन लाख २४ हजारमा ५०४ केजी बदाम आयात भएको छ । सो अवधिमा काजुको आयातबाट १८ करोड १५ लाख चालिस हजार र बदामबाट १७ करोड १६ लाख ५४ हजार राजस्व सरकारलाई प्राप्त भएको छ ।

नेपालमा काजु र बदाम भइ मसलाको रूपमा तिहार, अन्य चाडपर्व, विवाहलगायत शुभकार्यमा प्रयोग हुनाका साथै सुख्खा फलफूलका रुपमा उपभोग गरिन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १५ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।