कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस सूचीकृत

0
Shares

आइतबार दुई कम्पनीकाे ८९ करोड ६७ लाख १७ हजार ४९० रुपैयाँ बराबरको ८९ लाख ६७ हजार १७४ दशमलव ९० कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

स्टकका अनुसार कुमारी बैंक लिमिटेडको ६ प्रतिशत र लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस सेयर आइतबार धितोपत्रको दोस्रो बजारमा कारोबाल गर्नका लाग सूचीकृत भएको हो ।

कुमारी बैंक लिमिटेडको ६ प्रतिशतले हुन आउने ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता र लक्ष्मी लघुवित्तको २० प्रतिशतले हुन आउने ६ लाख ४० हजार ९० कित्ता गरी २ वटा कम्पनीको ८९ लाख ६७ हजार १७४ दशमलव ९० कित्ता बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कुमारी बैंक (KBL) को कार्तिक १६ गते, मंगलबार सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाबाट उक्त बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

उता लक्ष्मी लघुवित्त (LLBS) को मंसिर १० गते, शुक्रबार सम्पन्न भएको दशाैं वार्षिक साधारण सभाबाट सो बोनस पारित भएको थियो ।सभाले गत आर्थिक वर्षको नाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।

साधारण सभाका लागि कुमारी बैंकले कार्तिक ८ गते सोमबार तथा लक्ष्मी लघुवित्तले कार्तिक ३० गते मंगलबार बुकक्लोज गरेका थिए । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम सम्बन्धीत संस्थाका लागनीकर्ताले मात्र उक्त सेयर पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ पुस २०७८, आइतबार  १६ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।