माघे संक्रान्तिको चटारो: तरूल खन्न किसानलाई भ्याई नभ्याई

0
Shares

सर्लाही जिल्लाको बागमती नगरापालीका स्थितका विभिन्न ठाउँहरुमा माघे संक्रान्तिका लागि तरुल खन्दै किसानहरु । माघे संक्रातिमा विशेष फलारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमा समेत बिक्री हुने गर्दछ ।

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार उपत्यकामा आयात हुने तरुल मध्ये सर्लार्हीबाट करिब ५० प्रतिशतको हाराहारीमा तरुल आयात हुने गर्दछ ।

यसपटक किसानहरुले तरुलको राम्रो उत्पादन र मूल्य पाएको बताएका छन् । राम्रो मूल्य पाएपछि तरुल किसान पनि दंग परेका छन् । विगत वर्षको भन्दा तरुलले बढी मूल्य पाएपछि यसपटक आम्दानी पनि मनग्य हुनेमा यस क्षेत्रका तरुल किसानहरु उत्साहित बनेका हुन् । 

तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, खाद मल र गोडमेल गरेर दुईदेखि १० हजार प्रति कठ्ठा लगानी हुने किसानहरुको भनाई छ । तरुल प्रति कठ्ठा ७ देखि १० क्विन्टलसम्म उत्पादन हुने गरेको छ ।

फोटोः जनार्दन खत्री

माघे संक्रान्ति संघारमा छ । हरेक संक्रान्तिको आ-आफ्नै महत्व भए झै माघे संक्रान्तिको महत्व पनि नेपाली समाजमा अझ विशेष छ । मकर स्नान गर्ने यो संक्रान्तिको हिन्दू समाजमा विशिष्ट स्थान छ भने जाडोमा शरीरमा तताउन र शरीरमा शक्ति सञ्चय गराउन घिउ, चाकु, तरुल कन्दमुल र सेलरोटी जस्तो परिकारहरु खाएर यो संक्रान्ति मनाउने गरिन्छ ।

ग्रन्थ अनुसार माघे संक्रान्तिको दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख गरिएको छ । यसै मान्यताका कारण पनि संक्रान्तिलाई विशेष उत्साह साथ मनाइन्छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।