
प्रदेश लोकसेवा आयोग कर्णालीले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।
आयोगले मंगलबार एक सूचना तथा विज्ञापन जारि गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट ठूलो संख्यामा कर्मचारीको माग गरिएको जनाएको हो ।
प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिकतर्फ कर्मचारीको माग गरेको हो ।
आयोगले अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातितर्फ ६ जना गरि ९२ जनाको दरखास्त आह्वान गरेको हो ।
यस्तै खुला, आदिवासि जनजाती, महिला, दलित प्राविधिकतर्फ ३५३ जनाको दरखास्त आह्वान गरिएको हो । आयोगले प्राविधिक तर्फ तथ्यांक सहायक, सव इन्जिनियर, पशु स्वास्थ् प्राविधिक, रेन्जर, कम्प्यूटर अपरेटर, स्टाफनर्स, रेडियोग्राफर लगायत विभिन्न पदमा कर्मचारीको माग गरेको हो ।
त्यस्तै, कृषि तथा पशु प्राविधिक, हेल्थ असिस्टेन्ट स्टाफ नर्सmलगायतका विभिन्न सेवा समूहका पाँचौं तहको ठूलो सङ्ख्यामा विज्ञापन खोलिएको छ । योगको वार्षिक कार्यतालिका अनुसार पाँचौं भन्दा माथिल्लो तहमा बढुवा हुने वा खुला प्रतिस्पर्धा के हुने भन्ने स्पष्ट भएपछि मात्र विज्ञापन गर्ने जनाइएको छ ।
कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोग, प्रदेशका सचिव भूपेन्द्र थापाले जानकारी दिए । जनशक्ति आपूर्ति गर्नुपर्ने टड्कारो आवश्यकता रहेको तर सङ्घीय तथा प्रादेशिक निजामती सेवा ऐन नबनिसकेको यस जटिल अवस्थामा रिक्त दरबन्दीमा जनशक्ति पदपूर्ति गर्न विज्ञापन खोलिएको उनले बताए ।
आयोगको कार्यतालिका अनुसार रिक्त स्थायी पदपूर्ति लागि कर्मचारीको विज्ञापन खोल्न माग आकृति फाराम पठाउन सूचना गरिए पनि प्रदेश कार्यालयले समयमै रिक्त दरबन्दीको विवरण नआएको उनको भनाइ थियो ।
उनका अनुसार प्रदेशको माग प्रतिशत निर्धारण गरिसकेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदमा सरुवा गर्दा पुनरावलोकन मार्फत विज्ञापन गरिएको छ । केही पद स्थानीय तहमा जनप्रतिनिधिले आफ्ना मान्छे करार÷अस्थायीमा भर्ना गरेकाले पनि रिक्त दरबन्दीको खास विवरण पठाइएको छैन ।
“ज्येष्ठ, कार्य सम्पादन र आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको विज्ञापन हामीले खोल्न सकेनौं किनभने निजामती सेवा ऐन अनुसार यसमा बढुवा समितिको सचिवालय हुनुपर्छ,” सचिव थापाले भने, “प्रदेश लोक सेवाले लिने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको हकमा बढुवा समितिको सचिवालय ऐन कानुनमा व्यवस्था नभएको र कुनै ऐन कानुनले नबोलेको हुनाले बढुवाको विज्ञापन गरेनौं ।”
कानुनी जटिलता र पदपूर्तिमा देखिएका थुपै्र चुनौतीका बीचमा निकै मेहनतका साथ पहिलो पटक कर्णालमिा रिक्त दरबन्दी पूर्तिका लागि कर्मचारीको विज्ञापन गरिएको उनको भनाइ थियो । आयोगबाट सिफारिस भएर पदास्थपन हुने कर्मचारीको प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको ऐन कानुन बमोजिम सेवा, सर्त र सुविधा हुने भनेर उल्लेख गरिएको उनले बताए ।
प्रदेश र स्थानीय तहमा नियक्त भएका कर्मचारीको किताबखानामा हुने अभिलेख कसले राख्ने भन्ने निश्चित् नभएको यद्यपि केही समयपछि त्यसको निकास आउने आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सङ्घीय लोक सेवामा पनि पाठ्यक्रम नबनेकोले अब सबै तहमा नयाँ पाठ्यक्रम बनाउनुपर्ने देखिन्छ ।
तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ १० गते र दोब्बर दस्तुर तिरी माघ २४ गतेसम्म अनलाइन आवेदन बुझाउनु पर्नेछ । https://ppsconline.karnali.gov.np आवेदन फारम यस लिंकबाट भर्न सकिन्छ ।
पूरा विवरण हेर्नका लागि तलका लिङ्क प्रयोग गर्नुहोस…
https://ppsc.karnali.gov.np/site_uploads/-1492833653.pdf
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया