धितोपत्र बोर्डको अध्यक्ष पदका दाबेदार १५ जना पुगे, चार नयाँ अनुहार

0
Shares

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको लागि कुल १५ जनाले आवेदन दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्डका अध्यक्षका लागि आवेदन दिने अन्तिम दिन बिहीबार कार्यालय समयसम्म पुराना ११ र नयाँ चार जनाले आवेदन दिएका हुन् ।

यसअघि आवेदन दिएका कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्यले भने यो पटक आवेदन दिएका छैनन् ।

बोर्ड अध्यक्षका लागि दाबेदारी प्रस्तुत गर्ने चार आवेदकहरुमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र रमेश घिमिरे* रहेका छन् ।

धितोपत्र बोर्डको अध्यक्षका लागि नयाँ चार सहित बोर्डका कार्यकारी निर्देशक, नेप्सेका पूर्व सीईओ, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकदेखि लगानीकर्ता सहित कुल १५ जनाको आवेदन परेको हो । यसअघि बोर्डको कार्यकारी अध्यक्ष बन्नका लागि १२ जनाको आवेदन परेको थियो ।

धितोपत्र बोर्डको अध्यक्षका लागि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, शेयर लगानीकर्ता तथा विश्लेषक डा। केशव प्रसाद श्रेष्ठ, लगानीकर्ता तथा विश्लेषक हेमन्त बस्याल, गैह्र आवासीय नेपाली रमेश हमाल, धितोेपत्र बोर्डको पूर्व कर्मचारी जीवन अमगाई र प्रभु बैंकको पूर्व सञ्चालक श्रीमति अम्बिका शर्मा लामिछानेको आवेदन परेको हो । नयाँ आवेदकहरूमा कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल, मुक्ति अर्याल र रमेश घिमिरे* रहेका छन् ।

कार्तिक ११ देखि लिइएको पहिलो पटकको विज्ञापन रद्द भएपछि अर्थमन्त्रालयले दोस्रो पटक पुस १४ गते आवेदन मागेको थियो । अब छनोट समितिले निवेदकहरुको कार्यपत्र प्रस्तुती र अन्तर्वार्ताबाट उच्चतम अंक प्राप्त गर्ने ३ जना छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

सेबोनको अध्यक्षका लागि आवेदकहरुः-

१. रमेश कुमार हमाल
२. डा. गोपालप्रसाद भट्ट
३.डा. नवराज अधिकारी
४. सिताराम थपलिया
५. निरज गिरी
६. अम्बिका शर्मा लामिछाने
७. कृष्णराज पोखरेल
८.डा. जीवन अंगाई
९.रमेश घिमिरे*
१०. डा. केशवप्रसाद श्रेष्ठ
११. चिरन्जिवी चापागाई
१२. खगेन्द्र कटुवाल
१३. अनिलराज पौडेल
१४. हेमन्त बस्याल
१५. मुक्ति अर्याल

* संसोधन गरिएको

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।