नबिल इन्भेष्टमेण्ट बैंकिङ्गको इन्फिनिटी पिएमएस म्यानेजमेन्ट सर्भिस

0
Shares

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले अँग्रेजी नयाँ वष २०२२ को उपलक्ष्यमा सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी इन्फिनिटी पिएमएस म्यानेजमेन्ट सर्भिस सञ्चालनमा ल्याएको छ ।

यो सेवा प्राप्त गर्ने लगानीकर्ताहरुले वार्षिक शुल्क वापत वर्ष २०२२ को लागि केवल २०२२ मात्र सीमित शुल्क तिर्नुपर्ने हुन्छ । नन् डिस्कस्नरी प्रकृतिको यो लगानी व्यवस्थापन सेवा लिए वापत लगानीकर्ताहरुले अन्य कुनै शुल्क तथा दस्तुर तिर्नुपर्ने क्यापिटलले जनाएको छ ।

यो लगानी व्यवस्थापन सेवामा दक्ष पोर्टफोलियो एनालिस्ट तथा गहन विश्लेषण, रिसर्चको आधारमा बजारको उतारचढाबलाई मध्यनजर गरी लगानीकर्तालाई खरिद वा बिक्रीको सिफारिस गरिनेछ र लगानीकर्ताले दिएको आदेश अनुसार खरिद वा बिक्री गरिने काम गरिने क्यापिटलको भनाई छ ।

पोर्टफोलियो व्यवस्थापन गरे वापत लगानी गरिएको रकममा भएको फाईदामा कुनै प्रकारको शुल्क तथा दस्तुर नलिइने र लगानी गरिएको रकम बाहेक नाफा भएको रकम जुनसुकै वेला बजारबाट निकाल्न चाहेमा निकाल्न सकिने क्यापिछलद्धार जारी विज्ञप्तीमा उल्लेख छ ।

विगतका दिनहरुमा यस कम्पनीबाट संचालन गरिएको विभिन्न स्किमहरुबाट पूर्ण फाईदा लिनुभएका लगानीकर्ताहरु तथा नयाँ लगानी गर्न चाहने लगानीकर्ताहरुले सीमित अवधि अर्थात् जनवरी २०२२ महिना भरिको लागि मात्र यो सुविधा दिईने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  १९ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।