
अमेरिकी बहुर्राष्ट्रिय सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले हवाइ इन्धन उत्पादन गर्ने संस्था लन्जाजेटमा पाँच करोड अमेरिकी डलर लगानी गर्ने भएको छ ।
अमेरिकाको जोरज्या सहरको सोर्पटोनमा निर्माण हुन लागेको यस बायोटेक प्लान्टले प्रति वर्ष एक करोड ग्यालेन नवीकरणीय दिगो हवाइ इन्धन प्रयोग गर्ने छ । माइक्रोसफ्टका अलावा क्यान्डाको सुन्कर इनर्जी, जापानको मिटसुइ कम्पनीले पनि क्रमिक रुपमा १.५ करोड र १ करोड अमेरिकी डलर लगानी गरेका छन् ।
यस परियोजनाले इन्धनको उत्पादनमा अब-नवीकरणीय उर्जा माथिको मानवीय निर्भरतालाई कम गर्न सघाउने छ ।
लन्जाजेट इलिनियोस कम्पनी अन्तर्गतको संस्था हो । यस संस्थाले वनस्पति र जीवजन्तुले उत्पादन गर्ने फोहोरलाई प्रशोधन (रि-साइकल) गरी इथानल बनाउने छ । उक्त इथानाेललाई प्रयोग नवीकरणीय हवाइ इन्धन उत्पादन गरिने भएको हो । यो बायोटेक स्टार्टअप कम्पनी हो जसमा क्यान्डा, अमेरिका, जापानका वित्तीय संस्थाहरुले लगानी गरेका छन् ।
माइक्रोसफ्ट कर्पोरेशन एक अमेरिकी बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी हो । जसले कम्प्युटर सफ्टवेयर, उपभोक्ता इलेक्ट्रोनिक्स, व्यक्तिगत कम्प्युटर र यीनैसँग सम्बन्धित सेवाहरू उत्पादन गर्ने गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया