एक अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारीमा दुई हाइड्रोपावर

0
Shares

दुई हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा एक अर्ब रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएका छन् । सर्वसाधारणका सेयर निष्काशनको अनुमति माग्दै दुई कम्पनी पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुगेका हुन् ।

बोर्डका अनुसार रसुवागढी हाइड्रोपावरले ६८ करोड तथा पिपुल्स पावर लिमिटेडले ३१ करोडको सेयर जारी गर्न अनुमति मागेका हुन् । रसुवागढीले पुस २३ गते तथा पिपुल्स पावरले पुस २७ गते बोर्डमा अनुमति मागेका हुन् ।

रसुवागढी हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ हजार ४२ लाख १०० कित्ता आईपीओ निष्कासन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । रसुवागढीले यसअघि नै सर्वसाधारणमा सेयर बिक्री गरिसकेको छ ।

यसैगरी पिपुल्स पावर लिमिटेडले सर्वसाधारण र स्थानी बासिन्दाका लागि कुल ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता सेयर निष्काशनको अनुमति मागेको छ । पिपुल्स पावरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० पुस २०७८, शुक्रबार  १९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।