नेप्से २९३४ बिन्दुमा, डेढ घण्टामै साढे ४ अर्बको कारोबार

0
Shares

माघ लागेसँगै नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आइतबार डेढ घण्टा अवधिमा नेप्से ७६ अंकले बढेर २ हजार ९०० बिन्दुमाथि पुगेको हो ।

यस अवधिमा नेप्से २९३४. ५२ बिन्दुमा पुगेको छ भने २२३ कम्पनीका ८४ लाख २७ हजार कित्ता सेयर ४ अर्ब ४९ करोडमा खरीद बिक्री भएको छ ।

कारोबारमा आएकामध्ये मध्यभोटेकोशी रसिन्धु विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अरुण भ्यालीको अधिकतम १८.५५ करोडको कारोबार भएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरुले माघ महिनाका लागि ब्याजदर बढाएका छैनन् । बैंकिङ्ग प्रणालीमा रहेको तरलता अभाव हट्न थालेपछि सेयर बजारमा चमक छाएको हो । कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको जोखिम बढ्दै जाँदा समेत बजार वृद्धिमा टेवा पुगेको छ ।

संक्रमण बढ्दा लगानीका अन्य क्षेत्र संकुचित हुने र सेयर बजारमा लगानी एकिकृत हुने आंकलनका साथ लगानीकर्ताहरुले सेयर बजारमा लगानी बढाउन थालेका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ माघ २०७८, आइतबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।