सरकारले माघ १५ गतेसम्म सिनेमा हल, जिमखाना, फुटसल लगायत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले माघ १५ गतेसम्म सिनेमाहल, जिमखाना, फुटसल लगायत भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
विश्वमाहामारीका रुपमा फैलिरहेको कारोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि तीब्र रुपमा फैलिन थालेपछि भीडभाड हुने क्षेत्र बन्द गरिएको हो ।उनका अनुसार माघ १५ गतेसम्मका लागि सिनेमा हल, डान्सबार, दोहारी नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना,स्मिङ पुल, फुटसल, पटके हाटबजार जस्ता मानिसको भीडभाड हुने क्षेत्र बन्द हुनेछ ।
साथै सरकारले यसको रोकथामका तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्त सम्म सञ्चालन नगर्न आग्रह गरेको छ । कार्कीले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन बढ्दै गएपछि माहामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश जारी गर्ने पनि बताए ।
यस्तै मन्त्रिपरिषद्को बैठकले बुढीगंगा जलविद्युत आयोजनाको लागी जग्गा प्राप्ती गर्न प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको दास्रो निर्देशिका निर्देशिका २०७८ स्वीकृत गर्ने जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया