स्रोत नखुलेको ३० लाख सहित एक प्रहरी नियन्त्रणमा

0
Shares

नेपाल प्रहरीले स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महोत्तरी जिल्लोको मटिहानी नगरपालिका–८ बाट उक्त स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम फेला परेको हो । यस सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १६ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।