अधिकांश कर्मचारीमा कोभिडपछि घरायसी तथा मृत्यु सेयर नामसारी बन्द

0
Shares

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी)ले घरायसी तथा मृत्युपछिको सेयर नामसारी सेवा माघ ११ गते सम्मको लागि बन्द गरेको छ ।

कम्पनीमा कार्यरत अधिकांश कर्मचारी कोभिड संक्रमित भएकाले चेन ब्रेकका लागि हाल कार्यालयले प्रदान गर्दै आइरहेको घरायसी तथा मृत्यु नामसारी सेवा माघ ११ गतेसमम्मका लागि सेवा बन्द गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार धेरैजसो कर्मचारीमा संक्रमण देखिएकाले त्यसबाट आम सर्वसाधारणमा जोखिम बढ्न नदिनका लागि हाललाई एक साताका लागि सेवा बन्द गरिएको उनले नोटबजारलाई जानकारी दिए ।

सेवा बन्द गरिएकाले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सिडिएससीले सम्पूर्ण निक्षेप सदस्य, सेयर रजिष्ट्रार र सरोकारवालाहरुलाई सूचना प्रकाशन गर्दै सेवा स्थगत गरिएकाले सोही बमोजिम गर्न गराउन भनेको छ ।

साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाको लागि कम्पनीले क्षमायाचना गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १४ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।