शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्स कम्पनीले एक अर्ब रुपैयाँ बराबरको हकप्रद बिक्री गर्न अनुमति पाएका छन् ।
पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको बुधबार सम्पन्न सञ्चालक समितीको बैठकले दुई बीमा कम्पनीहरु शिखर इन्स्योरेन्स कम्पनीलाई चुक्ता पूँजीको ३० प्रतिशत र आईएमई जनरल इन्स्योरेन्स कम्पनीलाई चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ जेठ २५ गते बोर्डसँग चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको थियो ।
यस्तै आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले २०७८ भदौ १७ गते चुक्ता पुँजीको ४० प्रतिशतले हुन आउने ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो ।
शिखर इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल र आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
थप समाचारका लागि यसअघि प्रकाशित तलका लिङ्क:-
शिखर इन्स्योरेन्सद्धारा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन
शिखर इन्स्योरेन्सको हकप्रद एनआईबिएल एस क्यापिटलले निष्काशन गर्ने
शिखर इन्स्योरेन्सको हकप्रदलाई ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग
आइएमई जनरल इन्स्योरेन्सले माग्यो ४६ करोडको हकप्रद बिक्री अनुमति
आइएमई जनरलको हकप्रदलाई ट्रिपल बी रेटिङ्ग
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया