शिखर इन्स्योरेन्सको हकप्रदलाई ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग

0
Shares

शिखर इन्स्योरेन्सको हकप्रद (SICL) ले ‘इक्रा एनपी आइआर सिङ्गल ए’ क्रेडिट रेटिङ्ग पाएको छ ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग प्रदान गरेको हो ।

शिखरले साधारण सभाबाट अनुमोदन भएको चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारीका साथ साख मूल्याङ्कन (क्रेडिट रेटिङ्ग) गरेको हो ।

रेटिङ एजेन्सी इक्राले कम्पनीको नेटवर्क, व्यवस्थापन, व्यवसाय, सोल्भेन्सी मार्जिन लगायतका सूचक सबल रहेको भन्दै उक्त रेटिङ प्रदान गरेको हो ।

नेपालको निर्जीवन बीमा व्यवसायमा शिखरको बजार हिस्सा १३ प्रतिशत रहेको एजेन्सीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । १०८ वटा शाखा सञ्जाल मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आफुलाई एकदमै सुरक्षित राख्दै अधिकांंश जोखिम पुरनर्बीमा कम्पनीमा हस्तान्तरण गरेकाले पनि कम्फर्ट अवस्थामा रहेको उल्लेख छ ।

कम्पनीको निर्जीवन ब्यवसायको पोर्टफेलियोमा ४० प्रतिशत हिस्सा मोटर बीमामा मात्रै केन्द्रित रहेकोले अन्य क्षेत्रमा व्यवसाय विस्तार गर्नुपर्ने सुझाव दिइएको छ ।

कम्पनीको गत चैत ९ गते सम्पन्न साधारण सभाले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । यससँगै अब कम्पनीले हकप्रद जारी गर्न नियामक निकाय धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि अनुमति माग्नेछ ।

बोर्डबाट आवश्यक अध्ययनपछि बल्ल स्वीकृति पाउनेछ । यो प्रकृया सम्पन्न हुन कम्तिमा पनि ३ महिनादेखि ६ महिनासम्म लाग्नसक्छ । हकप्रद जारी गर्न अनुमति पाएपछि बल्ल बुकक्लोज तोकेर हकप्रद शेयर निष्काशन हुने मिति तय हुने भएकाले कतिपयले हल्ला चलाएजस्तो कम्पनीको हकप्रद तत्काल जारी हुने भने होइन ।

हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।