कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) ले आजदेखि (माघ ७ गते) ३० करोड रुपैयाँको हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
बैंकले पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र आवेदन गर्न पाउनेगरी उक्त हकप्रद बिक्री खुला गरेको हो । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते बुकक्लोज गरेको थियो ।
बैंकको १५० प्रतिशत अर्थात १ बराबर १.५ को अनुपातको ३० लाख कित्ता हकप्रद सेयरमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयरधनीहरुले मेरो सेयरको मोबाइल एप तथा वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यस्तै लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सुन्धारा र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेडले रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया