तीन बैंकले २ अर्ब बढी खुद नाफा कमाउँदा ५* बैंकको घट्यो, कसको कति ?

0
Shares

२३ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिक वित्तीय विरण सार्वजनिक गरेका छन् । चालु आवको ६ महिना अर्थात साउनदेखि पुससम्ममा २३ वाणिज्य बैंकहरुले २९ अर्ब ५९ कराेड रुपैयाँ नाफा कमाएका छन् ।

संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये सनराइज, एनएमबि, हिमालयन र नेपाल बैंकले मात्र वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ। २३ बैंकले कुल २९ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेका छन्। सबैभन्दा धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । जसले २ अर्ब ६६ करोड ३३ लाख खुद नाफा गरेको छ । सबैभन्दा कम नाफा कमाउने सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

उच्चदरमा नाफा बढाउने बैंकमा भने सिभल बैंक अग्रस्थानमा रहेको छ । बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा १४८.४७ प्रतिशतले नाफा बढाएको हो । नाफा बढोत्तरीको प्रतिशतका आधारमा धेरै सुधार गर्नेमा सिद्धार्थ बैंक दोस्रोमा छ जसले ७१.६८ प्रतिशतले नाफा बढाएको छ। त्यस्तै तेस्रो र चौथोमा रहेका सेञ्चुरी र नेपाल एसबीआइ बैंकले क्रमशः ५४.७७ र ५२.०४ प्रतिशतले नाफा बढाएका छन् । प्रतिशतका आधारमा सबैभन्दा कम नाफा बढाउनेमा लक्ष्मी बैंक छ । जसको नाफामा १.२७ प्रतिशतले मात्र बढेको छ ।

पाँच बैंकको नाफा घट्यो

गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा वित्तीय विवरण प्रकाशित गरेकामध्ये ५ बैंकको नाफा घटेको छ । कुमारी, प्रभु, एनबी, एभरेष्ट र प्राइम बैंकको नाफा घटेको हो । सबैभन्दा धेरै कुमारी बैंकको २१.७७ प्रतिशत बढीले नाफा घटेको छ । पुस मसान्तसम्म बैंकले ९५ करोड १७ लाख खुद नाफा गरेको छ ।

तीन बैंकको नाफा दुई अर्ब माथि

दुई अर्व भन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई, एनआईसी एसिया र नबिल बैंक रहेका छन् । ग्लोबल आईएमईले २ अर्ब ६६ करोड, एनआईसी एशियाले २ अर्ब ४० करोड र नबिलले २ अर्ब १८ करोड नाफा गरेका छन् ।

एक अर्ब भन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब ९१ करोड छ । त्यस्तै प्राइम १ अर्ब ६७ करोड, इन्भेष्टमेन्ट १ अर्ब ६२ करोड, सिदार्थ बैंकले १ अर्ब ५७ करोड माथि खुद नाफा गरेका छन् ।

यस्तै कृषि विकास १ अर्ब ४२ करोड, मेगा बैंक एक अर्ब ३९ करोड, प्रभु बैंक एक अर्ब २६ करोड, सिटिजन्स बैंकले एक अर्ब २३ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब ८ करोड, सानिमा बैंक एक अर्ब ७ करोड र माछापुच्छ्रे बैंक एक अर्ब एक करोड नाफा गरेका छन् । एक अर्ब भन्दा कम खुद नाफा गर्नेमा ९ वटा बैंक रहेका छन् ।

*यसअघि प्रकाशित समाचारमा तथ्याङ्क प्रविष्ट गर्दा एनसीसी बैंककाे खुद नाफा घटेकाे पर्न गएकाेमा क्षमाप्राथि छाैं । -सम्पादक

थप समाचार:-

एनआईसी एशिया बैंकको ६ महिनाको नाफा २ अर्ब ४० करोड

पूँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा नबिल बैंकको प्रतिसेयर आम्दानी खस्कियो

ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासमा कमायो सबैभन्दा उच्च नाफा

सानिमा बैंकको खुद नाफा एक करोड ४२ लाख रुपैयाँले बढ्यो

सिभिल बैंकको नाफामा छलाङ, १४८ प्रतिशतले बढ्यो

नेपाल बङ्गलादेश बैंकको नाफा घट्यो

कुमारी बैंकको नाफा २२ प्रतिशतले घट्यो, इपिएस १३ रुपैयाँ मात्र

इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६२ करोड, अन्य सूचक कस्ता ?

सेञ्चुरी कमर्सियल बैंकको नाफा ७२ करोड २१ लाख, ५४.७७ प्रतिशत बढ्यो

माछापुच्छ्रे बैंकको खुद नाफा २६ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको नाफा १३ प्रतिशतले घट्यो

एनसीसी बैंकले कमायो ६ महिनामा ९० करोड माथि खुद नाफा

लक्ष्मी बैंकको खुद नाफा ८१ करोड ७३ लाख

मेगा बैंकले आम्दानी घटेपनि बढायो नाफा, ६ महिनामा कमायो १३९ करोड

कृषि विकास बैंकको खुद नाफा १ अर्ब ४२ करोड माथि, केही सूचाङ्क घट्दा अधिकांशमा प्रगति

प्रभु बैंकको नाफा घट्यो, ६ महिनामा कमायो सवा १ अर्ब

प्राइम बैंकको अधिकांश सूचक घटेसँगै नाफामा पनि संकुचन

सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ माथि

सिटिजन्स बैंक अर्बपति क्लबमा, ६ महिनामा १.२३ अर्ब नाफा आर्जन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ८ करोड

बैंक अफ काठमाण्डूले दोस्रो त्रैमाससम्ममा कति कमायो नाफा ?

नेपाल एसबीआई बैंकको खुद नाफा ५२ प्रतिशतले बढ्यो

सरकारी बैंक आरबिबिलाई नाफामा तीन निजी बैंकले उछिने

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।