.png)
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन तोलाको ९३ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८३४ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.२९ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया