प्रोफिट बुकिङ्गले नेप्सेमा दोहोरो अंकको करेक्शन, ७ अर्बको सेयर कारोबार

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

स्टकका अनुसार पछिल्लो तल्लाे बिन्दुमाट नेप्सेमा ३० प्रतिशतको बढोत्तरी भएपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा नेप्से घटेको हो ।

गत मंसिर २७ गते नेप्से २२८१ बिन्दुमा झरेकोमा बिहीबासम्म करिब ३० प्रतिशतले बढेर २९३१ बिन्दुसम्म पुगेको थियाे ।

साना-तिना करेक्शन बजारमा देखिएपनि बजार अझै पनि बुलिस प्रवृत्तिमै रहेको जानकारहरु बताउँछन् । 

आइतबार नेप्से १०.८३ अंकले घटेर २९२० दशमल ५१ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार सूचक मापक सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३.८० बिन्दुमा पुगेको छ । यसदिन कुल बजार पूँजीकरण घटेर ४१ खर्ब २७ अर्ब २३ करोडमा समेटिएको छ ।

कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये पाँच बढेको छ भने आठवटा घटेको छ । अन्य र जीवन बीमा १ प्रतिशत बढीले बढ्दा फाइनान्स, होटल, ब्यापार, विकास बैंक, जलविद्युत र लगानी सूचक १ प्रतिशत बढीले घटेका छन् ।

यसदिन २३२ कम्पनीका १ करोड ४७ लाख ४ हजार २७७ कित्ता सेयर ८७ हजार ४७८ वटा संख्यामा खरीद बिक्री भएका छन् । आइतबार ७ अर्ब ३ करोड ५ लाख ८ हजार २६३ रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल टेलिकमको आज सबैभन्दा धेरै ३२ करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै अपि पावर १९.०१ करोड, एनआईसी एशिया बैंक १७.५२ करोड, शिखर इन्स्योरेन्स १७.४७ करोड र ग्लोबल आइएमई बैंकको ३६४ रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

यसदिन वीन लघुवित्त (नेपाल सेवा र वीन लघुवित्त मर्जर भई बनेको संस्था) को सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । भर्खरै मर्जर सम्पन्न भई दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको सेयरको माग उच्च छ भने बिक्रीकर्ता छैनन् सोही कारण कम्पनीको सेयरमूल्य बढ्दो क्रममा रहेको छ ।

यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशत, मैलुङ्ग खोला जलविद्युतको ९.७३ प्रतिशतले मूल्य बढेको छ । भर्खरै दोस्रो बजारमा कारोबारमा आएका र थोरै सेयर जारी गरेका कारण पनि यी कम्पनीहरुको सेयरमा पनि लगानीकर्ताको आकर्षण उच्च छ ।

ग्लोबल आइएमई बैंक ६.७४, ज्योति लाइफ इन्स्योरेन्स ६.६९ प्रतिशत, सानिमा लाइफ इन्स्योरेन्स ६.४५ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसन ५.६८ प्रतिशत र रिलायन्स लाइफ इन्स्योरेन्स ४.२५, एनआईसी एशिया लघुवित्त ४.०३ प्रतिशत र नेपाल टेलिकको सेयरमूल्य ३.८४ प्रतिशतले बढेको छ ।

यता आइतबार सामलिङ्ग पावरको सेयर लगानीकर्ताले सबैभन्दा धेरै ६.६९ प्रतिशतका दरले गुमाएका छन् । गोर्खाज फाइनान्स ५.५२, बेष्ट फाइनान्स ४.२६, प्रभु बैंक ४.११, र सांग्रिला डेभलपमेन्ट डिबेञ्चरको मूल्य ३.८९ प्रतिशतका दरले घटेको छ । 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ माघ २०७८, आइतबार  १५ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।