गोर्खाज फाइनान्स लिमिटेड (GUFL) को खुद नाफा उच्च घटेको छ । दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तुलनामा ७४.८५ प्रतिशत घटेको हो ।
हाल फाइनान्सको खुद नाफा १ करोड ६५ लाख ७० हजार छ । गत आवको यसै अवधिमा ६ करोड ५८ लाख ९१ हजार खुद नाफा गरेको थियो ।
कम्पनीको वितरणयोग्य नाफा १७ करोड १ लाखभन्दा बढी ऋणात्मक छ । चुक्ता पूँजी ८६ करोड ७९ लाख ९३ हजार रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४.६४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.१७ रुपैयाँ छ ।
कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत घटेर ३ करोड १५ लाख ५९ हजार कायम भएको छ । गत आवको यसै अवधीमा २४ करोड ३३ लाख ६५ हजार रहेको थियो । कम्पनीको जगेडा कोष रकम ७० करोड ४८ लाख ११ हजार र सेयर प्रिमियमा २ करोड २३ लाख तथा रिटेन्ड अर्निङ १७ करोडभन्दा बढी ऋणात्मक छ ।
यस्तै निक्षेप संकलन ९.८२ प्रतिशत घटेर ७ अर्ब ३५ करोड ८३ लाख रहँदा कर्जा लगानी ५.८४ प्रतिशत बढेर ५ अर्ब ६५ करोड ३५ लाख पुगेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ८.१७ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ४.४२ प्रतिशत पुगेको छ । कम्पनीको कस्ट अफ फण्ड ७.६३ प्रतिशत, आधारदर १०.७७ प्रतिशत, र स्प्रेडदर ३.८३ प्रतिशत छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया