आइएमई जनरलद्धारा आधारभुत सेयरधनीलाई हकप्रद बापतको रकम जम्मा गर्न आग्रह

0
Shares

आइएमई जनरल इन्स्योरेन्स (IGI) ले कम्पनीका सञ्चालक लगायत आधारभूत सेयरधनीहरुलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।

चुक्ता पूँजीको ४० प्रतिथशत हकप्रद जारी गर्न लागेको यस कम्पनीले सर्वसाधारण सेयरधनीलाई हकप्रद निष्कासन गर्नुपूर्व सञ्चालक लगायत आधारभूत सेयरधनीहरुसँग रकम मागको हो ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम चुक्ता पूँजीको एक प्रतिशत र सो भन्दा बढी सेयर धारण गर्ने सञ्चालक लगायत आधारभूत सेयरधनीहरुले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम सर्वसाधारणभन्दा अगाडि बुझाउनुपर्छ । सोही बमोजिम कम्पनीले बुझाउन अनुरोध गरेको हो ।

कम्पनीले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम फागुन २ गतेसम्म सञ्चालक लगायत आधारभूत शेयरधनीले बुझाउन भनेको छ ।

सेयरधनीले कम्पनीको ग्लोबल आइएमई बैंककमा रहेको ०१०१०१०००५८६० खाता नम्बरमा आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर बापतको रकम दाखिल गर्न सक्नेछन् ।

कम्पनीको २०७८ बैशाख १२ गते बसेको २३ औ वार्षिक साधारण सभाले चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँको ४० प्रतिशत बराबरको ४६ करोड ३० लाख रुपैयाँ बराबरको ४६ लाख ३० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

बीमा समिति र अनुमति लिएर कम्पनी हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्ड पुगेको थियो । बोर्डले माघ ६ गते स्वीकृत गरेसँगै कम्पनी बिक्रीमा जुटेको हो । आइएमई जनरल इन्स्योरेन्समा चन्द्र ढकालको सबैभन्दा धेरै १४.२८ प्रतिशत, उषा इन्भेष्टमन्टको ११.९७ प्रतिशत, हेमराज ढकालको १०.१५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै कम्पनीमा नेपाल बंगलादेश बैंकको ९.५० प्रतिशत, कुमार पौडेलको ५.५० प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ५ प्रतिशत, तिलक बहादुर रानाभाटको २.४७ रतिशत हिस्सा रहेको छ । कम्पनीमा एक प्रतिशत भन्दा धेरै हिस्सा रहेका १७ जना सेयरधनीहरुको ७५ प्रतिशत माथि लगानी छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार  १९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।