आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को खुद नाफा २४.८० प्रतिशतले बढेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ८ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आवको यसै अवधिमा ७ करोड १६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ रहेको संस्थाको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ५२.३४ रुपैयाँ छ । जगेडा कोषको आकार ५६.२६ प्रतिशतले बढाएर १८ करोड २० लाख ५० हजार रुपैयाँ पुग्दा प्रतिसेयर नेटवर्थ पनि बढेर १५४.५२ रुपैयाँ कायम भएको छ ।
पुस मससान्तसम्ममा लघुवित्तले १ अर्ब ५३ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ७३ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ७५ करोड ९२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
दोस्रो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ५० प्रतिशत बढेर १७ करोड ५३ लाख २० हजार रुपैयाँ आर्जन गरेको छ । समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ५२.२२ प्रतिशतले बढेर १३ करोड ८५ लाख २९ हजार रुपैयाँ भएको छ ।
संस्थाको खराब कर्जा अनुापत ३.८५ प्रतिशतमा घट्दा लघुवित्तको कस्ट अफ फण्ड ८ प्रतिशत, मूल्य आम्दानी अनुपात ३१.५३ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया