बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध

0
Shares

स्वरोजगार लघुवित्त (SLBBL) ले असोज २५ गतेपछि सेयर खरीद गरी बोनस पाउन योग्य आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।

लघुवित्तको कात्तिक २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । उक्त बोनसमा नगद लाभांश प्रस्ताव नगरिएकाले कम्पनीले बोनसमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई अनुरोध गरेको हो ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था र जनकपुर लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको मिति (असोज २५ गते) अघि सेयरधनी रहेका लगानीकर्ताले बोनसमा कर तिर्नुनपर्ने भएपनि उक्त मितिपछि सेयर खरीद गरेका सेयरधनीहरुले भने कर स्वयं तिरेपछि मात्र बोनस जम्मा हुनेछ ।

सेयरधनीले बोनस शेयरको कर बापतको रकम स्वरोजगार लघुवित्तको ००३०००९८८०२०००३१ खाता नम्बरमा जम्मा गरी सो भौचर कम्पनीको इमेल ठेगाना http://[email protected] मा पठाएपछि मात्र बोनस जम्मा हुने कम्पनीको भनाई छ । भौचरमा आफ्नो हितग्राही खाता नं नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न कम्पनीले आग्रह गरेको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्र बोनस सेयर हितग्राही खातामा जम्मा हुने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार  १२ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।