
पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २५ हजार ९०९ जनाको परिक्षण गर्दा १२ हजार ८ जनामा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पिसिआरबाट ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एण्टिजेन परिक्षणबाट २ हजार ५७३ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार आज ३ हजार ४० जना निको भएका छन् भने ८ जनाको निधन भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६६७ पुगेको छ ।
अहिले देशभरी ८८ हजार ९३४ सक्रिय सङ्क्रमित रहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया