मेगा क्यापिटलले संस्थापक सेयर खरिद-बिक्री गर्न सहजीकरण गर्ने

0
Shares

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेप्सेमा सूचीकृत कम्पनीहरुको संस्थापक सेयरहरु खरि-(विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ ।

क्यापिटलले बैंक तथा वित्तीय संस्था, विमा (इन्सुरेन्स) कम्पनी, लघु वित्त (माइक्रो फाइनान्स), जलविदुत (हाइड्रोपावर) तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक सेयरहरु खरिद(विक्रीका लागि सहजीकरण गर्ने जनाएको छ ।

जसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल [email protected] वा मेगा क्यापिटल मार्केट्सको फेसबुकमा म्यासेन्जर मार्फत् म्यासेज पठाउन पर्नेछ ।

धेरै लगानीकर्ताहरुले प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण सेवाको आवश्यकतालाई मनन् गर्दै मेगा क्यापिटलले सेयर बजारमा यो नयाँ सेवाको सुरुवात गरेको जनाएको छ ।

यसले पक्कै हाम्रा ग्राहक, शुभचिन्तक तथा प्रमोटर सेयर खरिद(बिक्रि गर्न इच्छुक लगानीकर्ताहरुलाई ठूलो राहत मिल्ने विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७८, बिहिबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।