सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९३ हजार ९०० थियो ।
त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँ ले घटेर एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया