राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने

0
Shares

राष्ट्रिय सभाको बैठक यही माघ १७ गते सोमबार अपरान्ह १ बजे बस्ने भएको छ ।

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ ।

उक्त बैठक यही माघ २ गते आइतबारको सूचना मार्फत् अर्को सूचनाद्वारा नतोकिएसम्मका लागि स्थगित भएको थियो ।

आज प्रकाशित सो सूचनामा भनिएको छ, “राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९१० बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमबार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ माघ २०७८, बिहिबार  १६ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।