वोमी लघुवित्तको नाफामा छलाङ, ६ रुपैयाँले बढ्यो इपिएस

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले खुद नाफामा ६५ प्रतिशतको उत्कृष्ट सुधार गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ६५.०८ प्रतिशतले नाफा वृद्धि भएको हो ।

चुक्ता पूँजी ४९ करोड ३३ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ६.०७ रुपैयाँ बढेर ३५.४९ रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषको आकार पनि ११० प्रतिशतले बढेर ३० करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय विवरणअनुसार संस्थाले पुससम्ममा २ अर्ब १४ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ५ अर्ब ६९ करोड १४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यही अवधिमा संस्थाले १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३० करोड ४० लाख रुपैयाँ सापटी गरी ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ७७.४८ प्रतिशतले बढेर २० करोड ७४ लाख २४ हजार रुपैयाँ पुग्दा सञ्चालन मुनाफा पनि ६१.९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ११ करोड ६८ लाख र सञ्चालन मुनाफा ८ करोड ४३ लाख रुपैयाँ थियो ।

लघुवित्तको खराब कर्जामा सुधार भई २.३३ प्रतिशत रहँदा प्रतिसेयर नेटवर्थ १६२।४४ रुपैयाँ, कस्ट अफ फण्ड ७.५५ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.७९ गुणा छ ।

Particulars Womi Laghubitta Bittiya Sanstha Limited
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Paid-Up Capital (Rs’000) 494,333.00 361,202.00 36.86%
Net Profit 87,709.00 53,132.00 65.08%
EPS (Rs.) 35.49 29.42 20.63%
Net worth per share (Rs.) 162.44 140.59 15.54%
Reserve & Surplus (Rs’000) 308,663.00 146,624.00 110.51%
Borrowings (Rs’000) 3,069,149.00 1,304,026.00 135.36%
Deposits (Rs’000) 2,146,609.00 1,044,575.00 105.50%
Loans & Advances (Rs’000) 5,691,421.00 3,007,182.00 89.26%
Net Interest Income (Rs’000) 207,424.00 116,868.00 77.49%
Write Back of Provision (Rs’000) 2,643.00 0
NPL (%) 2.33% 2.85% -18.25%
Cost of fund (%) 7.55% 5.88% 28.40%

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।