राष्ट्रउत्थान लघुवित्तको नाफा १४८% बढ्यो, ८ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्ने प्रकृयामा

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको खुद नाफा १४८ प्रतिशतले वृद्धि भएको छ ।

चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण लघुवित्तले ३ करोड ६८ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा १ करोड ४८ लाख रुपैयाँ १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको चुक्ता पूँजी १७ करोड ५० लाख रहेको वार्षिक प्रतिसेयर आम्दानी ४२.१५ रुपैयाँ रहेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले १२ लाख २३ हजार खराब कर्जा उठाएपछि कम्पनीको नाफामा वृद्धि भएको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष १५ करोड ४८ लाख सञ्चित गरेको हो । यस अवधिमा कम्पनीले ७२ करोड ९८ लाख निक्षेप संकलन र २ अर्ब १३ करोड ४ लाख सापटी लिएर गरेर ३ अर्ब २ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको हो ।

लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।