बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) को २६ हजार ३५२ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।
बैंक अफ काठमाण्डूका संस्थापक सेयरधनी मृगेन्द्र बहादुर प्रधानाङ्गको नाममा रहेको उक्त सेयर बैंकले बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले प्रतिकित्ता न्यूनतम २१० मूल्य तोकेर आफुले खरीद गर्न चाहने कित्ता उल्लेख गरी आगामी ३५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार विद्यमान संस्थापकहरुले बैंकको कम्पनी सचिवको कार्यालयमा आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । उक्त समयावधिभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा आम सर्वसाधारणलाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया