अभियान लघुवित्तलाई डबल बी माइनस रेटिङ

0
Shares

अभियान लघुवित्त वित्तीय संस्था लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी–आईआरबीबी माइनस‘ रेटिङ्ग दिएको छ ।

बीबी माइनस निष्कासनकर्ता रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्राले उल्लेख गरेको छ ।

कम्पनीले सर्वसाधारणमा ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । आईपीओ जारी गर्नका लागि अभियान लघुवित्त वित्तीय संस्थाले माघ १३ गते बिहीबार मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाल अभियान लघुवित्त वित्तीय संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी २५ करोड र चुक्ता पूँजी १५ करोड २५ लाख रहेकोछ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड हुनेछ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६असाेज १ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो ।

यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४ हजार ८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख ९५ हजार बचत संकलन तथा १ अर्ब ९९ करोड ९० लाख २९ हजार कर्जा प्रवाह रहेको छ ।

यसैगरी आव २०७७।०७८ को आषाढ मसान्तसम्ममा १ करोड ७७ लाख खुद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ।ब।को दोस्रो त्रैमासिक अवधि सम्ममा १ करोड ३७ लाख खुद नाफा कमाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  १७ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।