समीट लघुवित्तको नाफा शतप्रतिशत बढ्यो, इपिएसमा १३ रुपैयाँ सुधार

0
Shares

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) को खुद नाफा १००.२८ प्रतिशतले बढेको छ ।

शुक्रबार सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमाससम्ममा लघुवित्तले ८ करोड ५० लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले ४ करोड २४ लाख ८१ हजार रूपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार शतप्रतिशत नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी पनि १२.८९ रुपैयाँले वृद्धि भएर ३४.४४ रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ लघुवित्तको जगेडा कोषमा १९ करोड ३० लाख २५ हजार रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा पूँजी २५.२९ प्रतिशत र जगेडा कोषमा ३३.३४ प्रतिशतले सुधार आएको हो ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ अर्ब २४ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ४२ करोड २४ लाख रुपैयाँ सापटीबाट ५ अर्ब ४७ करोड १ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.५९ प्रतिशत बढेर १७ करोड ९५ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०२.३० प्रतिशतले बढेर १३ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर नेटवर्थ १३९.०७ रुपैयाँ, कस्ट अफ फण्ड ११.४५ प्रतिशत, खराब कर्जा अनुपात २.३५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ माघ २०७८, शुक्रबार  १८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।