साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDBSL) ले आफ्नो खुद नाफा उत्कृष्ट सुधार गरेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ७ करोड ५७ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यही अवधिको तुलनामा ११५.९१ प्रतिशतले धेरै हो ।
गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले १ अर्ब २१ करोड ९१ लख निक्षेप संकला तथा ३ अर्ब ४९ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यही अवधिमा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब २६ करोड रुपैयाँ सापटीबाट २ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६१.४५ प्रतिशत र सञ्चालन मुनाफा १०९.४४ प्रतिशतले बढेको छ । पुससम्म कम्पनीले १४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा १० करोड ४१ लाख रुपैयाँ ञ्चालन मुनाफा कमाएको छ ।
चुक्ता पूँजी ३२ करोड १२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) ४७.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४२.६२ रुपैयाँ छ । यस अवधिमा कम्पनीको जगेडा कोषको आकार ४७.३२ प्रतिशत वृद्धि भएर १३ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको खराब कर्जा अनुपात समेत उल्लेख्य घटेको छ । गत आवको यसै अवधिमा ३.५२ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात घटेर १.२८ प्रतिशतमा सुधारिएको छ ।
यस अवधिमा कम्पनीको कस्ट अफ फण्ड ७.९८ प्रतिशत, स्प्रेडदर ४.१९ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २९.५३ गुणा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया