सुनचाँदीको मूल्यमा आइतबार गिरावट, सुन तोलामा ४०० रुपैयाँले घट्यो

0
Shares

 

सुनचाँदीको मूल्य आइतबार नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । भने आइतबार चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

गत शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतार चढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.४७डलर आसपासमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  ११ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।