राष्ट्रिय सभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

0
Shares

राष्ट्रियसभाको यही माघ १७ गते बस्ने तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा सोमबारका लागि तय भएको बैठक अर्को सूचना नआएसम्म स्थगित भएको उल्लेख छ ।

सूचनामा भनिएको छ, “राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावाली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नआएसम्मका लागि उक्त बैठक स्थगित भएको व्यहोरा माननीय सदस्यको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ माघ २०७८, आइतबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।