पाँचथर पावरले ६ महिनामा कमायो १४ करोड ७८ लाख नाफा

0
Shares

पाँचथर पावर कम्पनी (PPCL) ले चालू आवको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाखभन्दा बढी नाफा कमाएको छ ।

गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ९७ लाख नाफा कमाएको कम्पनीको नाफा ६४ प्रतिशत बढेको हो ।

कम्पनीको अन्य आम्दानी र विद्युत विक्री आम्दानीमा वृद्धि भएपछि खुद नाफामा आकर्षक सुधार भएको हो ।

समीक्षा अवधिमा कम्पनीले विद्युत् बिक्री बापत २६ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ भने १५ लाख ९१ हजार अन्य आम्दानी गरेको छ ।

सोमबार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ९६ करोड २५ लाख रहेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ५ करोड ४ लाख बाट बढेर १० करोड २७ लाख पुगेको छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११०.६७ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ माघ २०७८, सोमबार  १५ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।