अजोड इन्स्योरेन्सको खुद नाफा १४% ले बढ्यो, दाबी भुक्तानी गर्न १ अर्ब बढी

0
Shares

अजोड इन्स्योरेन्स लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ६३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा चार करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १३.९१ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.१३ रुपैयाँ बढेर ९.२७ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ८०.४५ गुणा छ । कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख, बीमा कोषमा १३ करोड ५३ लाख र महाविपत्ति कोषमा १ करोड ७ लाख रुपैयाँ सञ्चित छ ।

पुस मसान्तसम्ममा कम्पनीले ९.१४ प्रतिशतले वृद्धि गर्दै २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले कुल बीमा शुल्क आर्जन १६.०९ प्रतिशतले वृद्धि गर्दै ७९ करोड २१ लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीले पुनर्बीमा कमिशन बापत ३१ प्रतिशतले आम्दानी बढाएको छ । पुस मसान्तसम्म कम्पनीले ११ करोड ४० लाख २४ हजार रुपैयाँ पुनर्बीमा कमिशन बापत कमाएको छ ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सले ५ हजार ७४४ दाबी बापत १ अर्ब १६ करोड ७७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । गत आवको यसै अवधिमा २ हजार १२४ वटा संख्या २९ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेकोमा चालु आवको यसै अवधिमा दाबी भुक्तानी हुन बाँकी रकम २९३ प्रतिशतले बढेको हो ।

यस अवधिमा कम्पनीले २ हजार ७३६ दाबी बापत परेको ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आवको यसै अवधिमा १ हजार ९१० वटा संख्यामा परेको दाबी वापत २० करोड ७५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले २ करोड २ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ । पुस मसान्तसम्ममा कम्पनील ६३ हजार ४२९ वटा पोलिसी बिक्री गर्न सफल भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७८, मंगलबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।