सरकारले तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा माघ १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गृह मन्त्रालयले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना निकालेको हो ।
तामाङ जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरेका छन् ।
सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेसँगै बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपालका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा हुनेछ भने सेयर बजार पनि बन्द रहनेछ ।
बागमती सरकारले पनि दियो विदा
बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
उनको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया