
उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा माघ १८ गते मंगलबार विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्बन्धमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भन्सार विभागले प्रारम्भ गरेको विद्युतीय भुक्तानी (ईपेमेन्ट) का सम्बन्धमा उद्योग संगठन मोरङले साे अभिमुखिकरण कार्यक्रम आयोजना गरेकाे हाे ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय माध्यमबाट भन्सार महशुल भुक्तानीको प्रकृयाका सम्बन्धमा उद्योग व्यवसायका कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गरी यस सम्बन्धमा थप स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा विराटनगर भन्सार कार्यालयका माधव अधिकारी र दिपक कार्कीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा सेवाग्राहीले अपनाउनु पर्ने प्रकृया, भुक्तानीको माध्यम, उद्योगी/व्यवसायीले अपनाउनुपर्ने सावधानी लगायतका विषयमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
यस क्षेत्रका विभिन्न उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अनलाईन मार्फत भुक्तानी गर्दा भोगिरहनु परेको समस्याका बारेमा अवगत गराउँदै बैंक र भन्सारले आ–आफनो कार्यालय समयमा एकरुपता ल्याउनु पर्ने बताएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया