
नेपाल इन्स्योरेन्स (NICL) को ५० हजार कित्ता संस्थापक सेयर बुधबारदेखि लिलामीमा ल्याएको छ ।
कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त सेयर बिक्रीका लागि खुला गरेको हो ।
सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलेसूचना जारी भएको मितिले ३५ दिनभित्र न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ सवा सो भन्दा बढी मूल्य अंकित गरेर आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ ।
तोकिएको मूल्य र अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरीदको लागि आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरु (लगानीकर्ताहरु) लाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई दिनुपर्ने भएकाले सो व्यवस्था बमोजिम पहिलो चरणमा बिक्री खुलाइएको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया