
एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड २५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तको सार्वजनिक वित्तीय विवरण अनुसार ७ करोड ७० लाख ८४ हजार नाफा कमाएकोमा ५ प्रतिशतले घटेको हो ।
चुक्ता पूँजी ६५ करोड ५८ लाख ६३ हजार रहेको लघुवित्तको प्रतिसेयर आम्दानी २२.१३ रुपैयाँ रहेको छ । कम्पनीले जगेडा कोषमा ३१ करोड ३३ लाख रुपैयाँ सञ्चित गरेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ७ करोड सापटी तथा सदस्यबाट १ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस अवधिमा लघुवित्तले २३ करोड १६ लाख ३१ ह्जार रुपैयाँ खुद ब्याज आम्दानी र ११ करोड ५३ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । खुद ब्याज आम्दानी २ करोड १५ लाख बढेपनि सञ्चालन नाफा ६५ लाख रुपैयाँले घटेपछि खुद नाफा घटेको हो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १४७.७८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४.२२ गुणा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया