दिब्यश्वरी हाइड्रोपावर कम्पनी (DHPL) को विद्युत् बिक्री आम्दानी २० प्रतिशत बढेपनि अझैबाट बाहिर निष्कशन नसकेको देखिएको छ ।
कम्पनी चालु आवको दोस्रो त्रैमाससम्म १५ लाख ५६ हजार नोक्सानीमा रहेको छ ।
गत आवको यसै अवधिमा दिब्यश्वरी हाइड्रोपावर कम्पनी १ करोड ३९ लाख नोक्सानीमा रहेको थियो । समीक्षा अवधिमा नोक्सानी रहेकोमा सोही अवधिमा १ करोड २३ लाख ४४ हजार सुधार भएको हो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी भने २० प्रतिशत धेरैले बढेको छ । पुस मसान्तसम्म कम्पनीले ५ करोड ४ लाख ६२ हजार रुपैयाँ विद्युत् बिक्री वापत आम्दानी गरेको छ । गत आवको यसै अवधिमा ४ करोड १९ लाख ५२ हजार विद्युत् बिक्री आम्दानी गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले ३३ केभि प्रसारण लाइनमा २०७८ भदौदेखि भोल्टेज व्यवस्थापन गरेकोले आयोजनाद्वारा पूर्ण रुपमा विद्युत् उत्पादन भई आम्दानी वृद्धि भएको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।
चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १.१८ रुपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष २० करोड ६९ लाख ऋणात्मक रहेकाले कम्पनीको प्रतिसेयर नेटवर्थ २१.६० रुपैयाँ मात्र छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया