कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड (KRBL) का सेयरधनीले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कुनैपनि लाभांश नपाउने भएका छन् ।
बैंक सञ्चालक समितिको माघ १८ गते सम्पन्न बैठकले बिना लाभांश आगामी फागुन २० गते १७ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले फागुन २० गते नेपालगन्जको कल्पतरु होटेलमा दिउँसो १ बजे भर्चुअल माध्यमबाट सभा डाकेको हो ।
बैंकको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६।७७ का वार्षिक प्रतिवेदन छलफल गरी अनुमोदन गर्ने, उक्त आर्थिक वर्षको नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरणसम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ ।
यस्तै वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ का लागि लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिको निर्णयानुसार नियुक्त भएका बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि सभाले अनुमोदन गर्ने एजेण्डा पनि पारित गर्नेछ ।
बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७२।७३ बाट सेयरधनीलाई चुक्ता पूँजीके ८ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस यताका चार आर्थिक वर्षमा बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न सकेको छैन ।
आर्थिक वर्ष २०७६।७७को चौथो त्रैमाससम्म बैंकले ९ लाख ९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया