नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग चालु आर्थिक वर्षको ६ महिना अवधिमा भएको ७ लाख माथिको कारोबार विवरण उलब्ध गराउन निर्देशन दिएको छ ।
केन्द्रीय बैंकको बैंक सुपरिवेक्षण विभागले माघ १८ गते २०७८ साउन १ गतेदेखि पुस ३० गतेसम्मको ७ लाख रुपैयाँभन्दा माथिको कारोबार विवरण उपलब्ध गराउन सबै वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको हो ।
सुपरीवेक्षण विभाग अन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुगमन इकाईका निर्देशक रोशन कुमार सिग्देलद्धारा जारी पत्रमा वाणिज्य बैंकहरूले ७ लाख रूपैयाँ भन्दा बढीको नगद कारोबार गर्ने व्यक्तिको खाता नम्बर, खातावालाको नाम, कारोबार रकम, कारोबारको (जम्मा।भुक्तानी) प्रकार, कारोबार मिति, सिबिएस सम्बन्धी टिप्पणी र अन्य केही भए सो समेत उल्लेख गरी माघ २४ गतेसम्ममा इमेल मार्फत पठाउन भनिएको छ ।
नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणको अवस्थाको विषयमा स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गर्दै आएकोमा हाल कोभिड महामारीका कारणले बैंकहरुलाई नै विवरण पठाएर गैर स्थलगत अनुगमनका लागि केन्द्रीय बैंकले सो विवरण मागेको हो ।
बैंक तथा वित्तीय संस्थामा जम्मा (प्राप्त) हुन आउने दश लाख रुपैयाँ वा सो भन्दा बढीको कारोबार विवरण यसअघि देखि नै बैंकहरुले नेपाल राष्ट्र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण गर्ने सम्बन्धमा वित्तीय जानकारी इकाईमा जानकारी गराउने गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया