आइएमई जनरल इन्स्योरेन्सको हकप्रदको बुकक्लोज निर्धारण

0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (IGI) ले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि सेयर दाखिल खारेजी ( बुकक्लोज) मिति तोकेको छ ।

इन्स्योरेन्स कम्पनीले हकप्रद बिक्रीका लागि फागुन १ गते आइतबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार माघ २७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कारोबार रहने सेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ः०.४० अनुपातमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सञ्चालक तथा आधारभुत सेयरधनीहरुबाट यसअघि नै रकम संकलन गरिसकेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको २०७८ बैशाख १२ गते सम्पन्न २३ औं वार्षिक साधारण सभाले सो हकप्रद सेयर बिक्री गरेर पूँजी बढाउने प्रस्ताव पारित गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ माघ २०७८, शुक्रबार  ११ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।