जापानी कर्पोरेशन तोसिवाले चिप उत्पादनमा १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
विश्वव्यापी रुपमा व्यापत चीप अभावलाई सम्बोधन गर्नका लागि कर्पोरेशनले लगानी बढाउने निर्णय गरेको हो ।
तोसिवा कर्पोरेशनले पावर म्यानेजमेन्ट सेमीकन्डक्टरहरूको उत्पादन दुई गुणाले बढाउने गरी १२.५ अर्ब येन अर्थात् १ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको हो ।
तोसिवाले जापानमा पावर व्यवस्थापन चिपहरूको लागि अत्याधुनिक ३००–मिलिमिटर फ्याब्रिकेशन प्लान्ट निर्माण गर्नेछ । जसबाट कार, इलेक्ट्रोनिक उपकरणहरू र उद्योग उपकरणहरूमा विद्युतीय शक्तिलाई कुशलतापूर्वक नियन्त्रण गर्न सकिनेछ ।
नयाँ प्लान्ट मार्च २०२५ मा सञ्चालन सुरु गर्न सेट गरिएको छ । जब यो पलान्टको पहिलो चरण पूरा हुने छ, तब तोसिवाको पावर चिप उत्पादन क्षमता हालको स्तरको दुई गुणा हुनेछ । तोसिवाका प्रवक्ताले मागको आधारमा, थप लगानीका साथ नयाँ प्लान्ट विस्तार गर्न सकिने जानकारी दिएका छन् ।
विश्वभर चर्किएको चीप अभावको समस्या समाधान गर्न सामसुङ्ग, इन्टेल जस्ता इन्फोटेक कम्पनीहरुले पनि लगानी वृद्धि गरिरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया