हुन्डाई मोटर्सको नेपालका लागि आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ ।
कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी विद्युतीय सवारीसाधन चार्जिङ स्टेसनको देशव्यापी रुपमा विस्तार गर्ने भएको हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले कम्पनीले बिक्री गर्ने विद्युतीय कारको माग बढेसँगै चार्जिङ स्टेसनहरुको समेत विस्तार गर्न लागेको जनाएको छ ।
हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि विद्युतीय कारमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरु स्थापना गर्दै आएको हो ।
नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको यथेस्ट उपलब्धता भएपनि इभी चार्जिङ पोइन्ट नभएकाले कम्पनीले क्रमिक रुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाएको छ ।
चार्जिङ स्टेसनहरु मोबाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेसनले चालकलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकाले नयाँ स्थानमा पनि चाँडै नै चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख शहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।
विश्वमा विद्युतीय कारको प्रयोग बढ्दो क्रममा छ । विकसित देश मात्रै होइन, विकासोन्मुख र अल्प विकसित देशहरुमा पनि यस्ता कारको माग बढिरहेको छ । सुरूमा सरकारले लगाएको भन्सार र अन्तःशुल्कको कारण विद्युतीय गाडीमा सकारात्मक प्रभाव पर्न नसकेपनि २०२१ मे २९ तारिख अर्थात् जेठ १५ गते सार्वजनिक भएको चालु आर्थिक वर्षको बजेटले विद्युतीय गाडीमा लाग्ने भन्सार घटाउँदै अन्तःशुल्क हटाएपछि विद्युतीय गाडीको बिक्री बढ्न थालेको छ ।
तर चालु आर्थिक वर्षको बजेटमा गरिएको समायोजनको मर्म अनुरूप विद्युतीय सवारी साधनहरूको बजार मूल्य घट्न नसकेको गुनासो ग्राहकहरूले गर्दै आएका छन् । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको बाहुल्यता रहेको नेपालमा विद्युतीय सवारी साधनलाई ु अधिकांशले आफ्नो दोस्रो सवारीका रूपमा लिने गरेको कतिपय व्यवसायीहरू नै बताउँछन् । चर्को बजार मूल्यका कारण विद्युतीय सवारी साधन खरिद गर्न चाहनेहरू इन्धनबाट चल्ने सवारीमै चित्त बुझाउन बाध्य भएको उनीहरूको तर्क छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया