
कुमारी बैंक लिमिटेड (KBL) को कायम मुकायक प्रमुख कार्यकारी अधिकृतमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको माघ २४ गते बिहान ११ बजे सम्पन्न बैठकले अर्को निर्णय नभएसम्मका लागि २५ गतेदेखि लागू हुनेगरी खनाललाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्ने गरी जिम्मेवारी तोकिएको बैंकका कम्पनी सचिव भोलानाथ ढुंगानाले जानकारी दिए ।
चार्टड एकाउन्टेन्ट खनालसिद्धार्थ बैंकबाट एनआइसी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत हुँदै कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले छोटो समयमा नै कुमारी बैंकमा पनि उत्कृष्ट पर्फर्मेन्स देखाएसँगै उनको बढुवा भएको हो । अध्यापन कर्ममा पनि निकै राम्रो छवि बनाएका खनाल नेपाली बैंकिङ क्षेत्रमा अनुभवी सिएका रुपमा चिनिन्छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया