माउण्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४२ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख रुपैयाँ मात्र नाफा कमाएकोमा ७८८.७३ प्रतिशतले बढेको हो ।
विद्युत बिक्रीबाट आम्दानीमा उच्च सुधार हुँदा कम्पनीको नाफा पनि उत्साहपूर्ण रुपमा बढेको हो । पुससम्म कम्पनीको बिद्युत बिक्रीबाट कुल ६८ करोड २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा विद्युत बिक्री आय ८ करोड २१ लाख रुपैयाँ थियो ।
चुक्ता पूँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको माउण्टेन इनर्जी नेपालको प्रतिसेयर आम्दानी १८.८१ रुपैयाँ बढेर २१.६६ रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ८५ पैसा मात्र थियो ।
खुद नाफामा आकर्षक सुधार भएपछि कम्पनीको रिटेन्ड अर्निङमा पनि बढेर ८३ करोड १५ लाख रुपैयाँ छ । यसै अवधिमा प्रतिसेयर नेटवर्थ १४२.२५ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया