सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि साताको तेस्रो कारोबार दिन आइतबारको प्रि-ओपनिङमा सेयर बजारमा उछाल आएको छ ।
यसदिन प्रि-ओपनिङमा सेसनमा नेप्से सूचक २४.७० अंकले बढेर २८७७.५८ बिन्दुमा पुगेको छ । यस अवधिमा २ करोड ७ लाख ९४ हजार ८७० रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।
कारोबारमा आएका ५९ मध्ये ५६ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।
प्रि-ओपनमा ५९ कम्पनीको ४१ हजार ४२९ कित्ता सेयर २८४ वटा संख्यामा खरीद बिक्री भएका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया